जुनेली सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३८ युनिट रगत संकलन

-टेकराज भुसाल

बुटवल। जुनेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

May be an image of 8 people, people studying and hospital

शनिवार नेवा समाजको भवनमा सम्पन्न भएको कार्यक्रममा सहकारीका सेयर सदस्य तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको सहकारीले जानकारी दिएको छ ।

May be an image of 3 people, people smiling, hospital and text

सहकारी संस्थाका अध्यक्ष मिनप्रसाद अर्यालको सभापतित्व, नेपाल स्वयंसेवी संघ रूपन्देहीका अध्यक्ष कृष्ण चौहान,  संस्थाका सल्लाहकार टिकाराम ज्ञवाली,  देवकुमार श्रेष्ठ,  रमेश बहादुर थापा , झबिन्द्र ज्ञवाली र सुनिता पराजुली लगायतको उपस्थिति रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

May be an image of 11 people, people studying, table, hospital and text