आजको मौषम: मुलुकभर आंशिक बदली, कोशीसहितका केही प्रदेशमा वर्षा, कस्तो होला ३ दिनको मौसम?

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसका कारण देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २३ दशमलव ४ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।

गएको २४ घण्टामा काठमाडौंमा १२ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । सबै भन्दा धेरै दिपायलमा ४६ दशमलव ८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कस्तो होला शुक्रबार र शनिबारको मौसम? 
२०८१ वैशाख २८ गते (शुक्रबार)

दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती  प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको  छ।

रातिː कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०८१ वैशाख २९ गते (शनिबार)
दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरू र बाँकी भू-भागमको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

रातिː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशभरका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको  छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।