



काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।



आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


आज राति कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।














