भूमिकास्थान: ३ महिनादेखि अवरुद्ध कार्यपालिका बैठक नगर प्रवक्ता पन्थीले राजीनामा दिने सहमतिमा हुने भयो संचालन (यस्तो छ सहमती)

 
-टेकराज भुसाल।
अर्घाखाँची चैतदेखि बन्द रहेको अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकाकाे कार्यपालिका बैठक संचालन हुनेभएको छ।

भूमिकास्थान-९ ढिकुराकाे सानडेभामा रहेको चुनढुङ्गा उत्खननकाे विषयलाई लिएर नेकपा (एमाले), नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित कार्यपालिका सदस्यहरुले ३ महिनादेखि कार्यपालिका बैठक अवरुद्ध गरेका थिए।

बुधबार भूमिकास्थानमा सक्रिय ४ राजनीति दल नेकपा (एमाले), नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमाेर्चाको बैठकले नगरप्रवक्ता बाबुराम पन्थी सुनारले प्रवक्ता पदबाट राजीनामा दिन तयार भएपछि कार्यपालिका खाेल्ने सहमति गरेका छन।

चुनढुङ्गाकाे विषयलाई लिएर उपप्रमुख बालाकृष्ण बन्जाडे सहित नेकपा (एमाले), नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित कार्यपालिका सदस्यहरुले राष्ट्रिय जनमाेर्चाबाट निर्वाचित नगरप्रमुख झविलाल थापा, भूमिकास्थान-४ का वडाध्यक्ष तथा नगरप्रवक्ता बाबुराम पन्थी सुनारलाई आराेप लगाउदै कार्यपालिका बैठक अबरुद्ध गरेका थिए।

उता नगरप्रमुख थापा, नगरप्रवक्ता सुनारले भने अनाधिकृत संस्था वा व्यक्तिले किर्ते हस्ताक्षर गरेर नगरपालिका माथि नै प्रहार गरेको बताउदै आफूहरु कुनै पनि हालतमा चुनढुङ्गाको उत्खनन गर्नै नहुने पक्षमा रहेको र किर्ते गर्नेका विरुद्ध मुद्दा चलाएको बताउदै आएका छन्।

यस्तो छ सहमती:

 

अन्य समाचारहरु