-सुर्य प्रसाद भुसाल।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ काठमाडौं मा बसेको महासघको केन्द्रीय कार्यकारी बैठकले यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान लाई खारेज गरि विधान संशोधन गरेर प्रतक्ष्य निर्वाचित बहुमत ल्याउने सदस्य लाई अध्यक्ष मा चयन गर्ने निर्णय गरेको उधोग बाणिज्य महासघका केन्द्रीय सदस्य बरिस्ठ ब्यबसायि जम्सेर मियाले जानकारी दिए ।
महासंघ कार्यसमितिको आज बसेको सातौ बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको केन्द्रीय सदस्य जमशेर अली मियाको भनाइ छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले सर्वसम्मत रूपमा विधान पारित गरेको र अबदेखि अध्यक्ष निर्वाचनबाट चयन हुने केन्द्रिय सदस्य बरिस्ठ ब्यबसायि जमसेर मियाले दाबि गरे ।
यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागू हुने मियाको तर्क छ । संशोधित विधानमा दुईजना वरिष्ठ उपाध्यक्ष र थप एकजना महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
संशोधित विधान आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारणसभाले पारित गर्ने केन्द्रीय सदस्य जमशेर अली मियाले दाबि गरे मिया उधोग बाणिज्य महासघको अध्यक्ष का दाबेदारको रुपमा हेरिएका छन ।