लियो क्लव अफ काठमाडौं ढिकुराले गर्यो मानव कल्याण समाज सेवा घरमा खाजा वितरण (तस्बिर सहित)

 

-पारस भट्टराई, काठमाडौं।

काठमाडौं। पशुपतिमा रहेको मानव कल्याण समाज (सेवा घर) मा रहेका आमाबुबाहरुलाई बिहानी खाजा वितरण गरेको छ।

No photo description available.

अर्घाखाँची घर भई विभिन्न पेशा व्यबसाय,अध्ययन गर्दै काठमाडौंमा रहेका युवाहरुको सक्रियतामा संञ्चालित लियो क्लव अफ काठमाडौं ढिकुराले सामाजिक कार्य गर्दै आएको छ।

क्लवका अध्यक्ष श्रीधर पोख्रेलले क्लवबारे जानकारी दिदै भने “हाम्रा क्लवमा रहेका पदाधिकारी तथा साथिहरुको सहयोगले आज यहा यसरी कार्यक्रम सम्पन्न गरी थोरै भएपनि तपाईको सामाजिक कार्यमा सहयोग गर्न पाउदा क्लवको महत्व अझ बढेको महसुस भएको छ।

No photo description available.

May be an image of 4 people, clothes iron, hospital and text

images

हाम्रो अनुरोधलाई सहस्र स्विकार गरी कार्यक्रममा सहयोग पुर्याउनु भएकोमा सम्पुर्णलाई धन्यवाद।” अशक्त,बेसहारा, वेवारिसे अवस्थामा फेला परेकालाई संरक्षण गरी मानव कल्याण समाज (सेवा घर) ले उद्वार तथा संरक्षण गदै आएको र हाल सेवा घरमा ३५ भन्दा बढिले आश्रय लिइरहेको सेवा घरका प्रतिनिधीले जानकारी दिए।

No photo description available.

images

कार्यक्रममा क्लवका पुर्व अध्यक्ष बिवेक भट्टराई, अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष शंकर पौडेल,सचिव पारस भट्टराई तथा अन्य सदस्यहरुको उपस्थिती रहेको थियो।

थप तस्बिर:

images

No photo description available.

No photo description available.

No photo description available.

May be an image of 5 people

Nepal life insurance