भूमे मन्दिरमा आयोजित खुल्ला तिज गित तथा नृत्य प्रतियोगितामा सिर्जनशिल कृषक समुह ठुलाखर्क बन्यो पहिलो (तस्बिर सहित)

-गोपाल प्रसाद भट्टराई ।

भाद्र–१०,अर्घाखाँची – श्री कृष्ण जन्माष्टिको अवसरमा अर्घाखाँचीको भूमे मन्दिरमा आयोजित खुल्ला तिज गित तथा नृत्य प्रतियोगितामा सिर्जनशिल कृषक समुह भूमिकास्थान–३, ठुलाखर्कको समुह प्रथम भएको छ । ९ वटा प्रतिष्प्रर्धी समुहलाई पछाडि पार्दै ठुलाखर्कले उपाधि चुमेको हो ।

May be an image of one or more people and crowd

May be an image of 7 people, flute, temple and text

भूमे भक्त युवा समाज भूमिकास्थान–२, को आयोजनामा सम्पन्न प्रतियोगितामा प्रगतिशिल महिला समुह भूमिकास्थान–२, भूमेकाथान द्धितीय भएको छ । त्यस्तै जनजागृत बुहारी समुह भूमिकास्थान–२, च्यानडाँडा तृतीय र जनजागृती स्वास्थ्य आमा समुह भूमिकास्थान–२, खाकवेशी चौथो भएका छन् ।

May be an image of 13 people

विजयी समुह र सहभागीहरुलाई नगद पुरस्कारले सम्मान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. १२ हजार ७ सय ५० रुपैंया, द्धितिय

May be an image of 1 person

images

हुनेले नगद रु. ८ हजार, तृतिय हुनेले नगद रु. ५ हजार, चौथो हुनेले नगद रु. ३ हजार, सान्त्वना हुनेले नगद रु. २ हजार ५ सय र अन्य सहभागी सबै टिमले नगद रु. २ हजार पुरस्कार प्राप्त गरेको बताइएको छ । कार्यक्रमको उद्घाटन भूमिकास्थान–२, का वडाध्यक्ष बुद्धि बहादुर थापाले गर्नुभएको थियो ।

May be an image of 4 people and people dancing

images

कार्यक्रममा भूमिकास्थान–१ का अध्यक्ष गोपाल प्रसाद खनाल, भूमिकास्थान–२ का अध्यक्ष बुद्धि बहादुर थापा, द्धितिय पुरस्कार सौजन्य कर्ता हरी प्रसाद भुसाल, तृतिय पुरस्कार सौजन्य कर्ता रामु के.सी. लगायतले सम्बोधन गर्नुभएको थियो ।

May be an image of 1 person, tree and temple

images

कार्यक्रममा बोल्दै उहाँहरुले नेपालको कला, गला, संस्कृति र भेषभुषालाई संरक्षण, संबद्र्धन र प्रचारमा सबैको हातेमालो हुनुपर्ने बताउनुभएको छ । लोकसंस्कृति संरक्षण गर्न सरकारले पनि आवश्यक बजेट विजियोजन गर्नुपर्नेमा उहाँहरुको जोड छ ।

May be an image of one or more people and crowd

May be an image of 8 people and text

Nepal life insurance

कार्यक्रम आयोजक संस्थाका संयोजक बिरु भट्टराईको अध्यक्षता, कमल प्रसाद चुंदालीको स्वागत मन्तव्य र खिम बहादुर राउतको संचालनमा सम्पन्न भएको हो।

May be an image of one or more people and crowd

May be an image of crowd and tree

May be an image of 9 people and tree

May be an image of one or more people, crowd and tree

May be an image of one or more people, crowd and temple

May be an image of one or more people, tree, crowd and text
May be an image of one or more people, crowd and tree
May be an image of 2 people, people smiling and dais