भुमिकास्थान नगरपालिका वार्ड न १ को आयोजनामा वडा भित्रका टोल विकास सस्था स्तरीय परम्परागत तिज गित प्रतियोगिता तथा तिज मिलन र दर खाने कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-माधव खनाल,अर्घाखाची डट्कम। 

१३ भदौ ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं.-१ को आयोजनामा हिन्दु नेपाली नारीहरूको महान चार्ड हरितालिका तिजको अवसरपारी बिहिवार , वडा कार्यालयको प्रा‌ङ्गण सिटेनिमा तिज गित प्रतियोगिता तथा तिज मिलन एवं दर खाने कार्यक्रम सम्पन्न भएको छ।

May be an image of 5 people and text

भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले ब्यानर बाचन गरि उद्घाटन गर्नु भएको कार्यक्रममा भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत जगदीशचन्द्र नेपाली भुमिकास्थान नगरपालिका वार्ड न २ का अध्यक्ष बुद्धि थापा वार्ड न ५ का अध्यक्ष जयगोपाल श्रेष्ठ वार्ड न ८ का अध्यक्ष राजकुमार श्रेष्ठ प्युठान जिल्ला

May be an image of 3 people and text

मल्लरानी गाउँपालिका वार्ड न २ का अध्यक्ष लेख बहादुर थापा भुमिकास्थान वडा न १ का सदस्य मेघराज खनाल गोपाल बहादुर नेपाली लगायत वार्ड भित्रका आमा समुह महिला समूह राजनितिकर्मी, समाजसेवी, कर्मचारी, विभिन्न संघ संस्था, महिला स्वास्थ्य स्वयं सेविका, शिक्षक, विद्यार्थी लागायतको उपस्थिति रहेको वडा सचीव डिल बहादुर कुमालले बताए ।

May be an image of 1 person

जम्मा दस टोलबिकास सस्था रहेकोमा नौ वटा टोलबिकास सस्थाले भाग लिएका थिए जसम प्रथम भगवती टोलबिकास सस्था साम्ने गाउँ ,द्वितीय देउराली टोलबिकास सस्था राजिमे,तृतीय ठुलाखोला कुसुम्मारे टोलबिकास सस्था र आम्बोट चौतारा टोलबिकास सस्था भएका थिए ।

images

May be an image of one or more people and temple

images

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने टोलबिकास सस्था तथा सहभागी सबै टोलबिकास सस्थालाइ पुरस्कार वितरण गरिएको थियो ।

May be an image of one or more people and crowd

images

तिज गितप्रतियोगिताको निर्णायक मण्डलको सम्योजकमा हिमलाल खनाल सदस्य पार्वता खनाल कृष्णा रोका राधिका जिएम र अस्मिता अधिकारी गमाल रहनुभएको थियो भने उक्त कार्यक्रम भुमिकास्थान नगरपालिका वार्ड न १ अध्यक्ष गोपालप्रसाद खनालको अध्यक्षता भुमिकास्थान नगरकार्यपालिका सदस्य खुमा वेल्बासे (माधवा)को स्वागत र जीवन नेपालीको सन्चालनमा सम्पन्न भएको थियो ।