अर्घाखाँचीको भुमिकास्थानमा ३७ जनाले अपाङ्गगता परिचय पत्र पाए ।

 

-अनिल नेपाली, अर्घाखाँची।

अर्घाखाँची – अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा एक कार्यक्रमका बीचमा हिजो ३७ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत जगदिश चन्द्र नेपालीले बताउनु भएको छ ।

नगरपालिकामा अपाङ्गता परिचय पत्रका लागि पेश भएका निवेदनका आधारमा नगरस्तरिय समन्वय समितिले अपाङ्गता भएका ३७ जनालाई परिचय पत्र वितरण गरेको छ । जसअनुसार ‘क’ वर्गको रातो परिचय लिने ९ जना, ‘ख’ वर्गको निलो परिचय पत्र लिने १९ जना, ‘ग’ वर्गको पहेलो परिचय पत्र लिने ७ जना र ‘घ’ वर्गको सेतो परिचय पत्र लिने २ जना रहेको प्रमुख प्रशासकीय अधिकृत नेपालीको भनाई रहेको छ ।

नगरमा अपाङ्गता परिचय पत्र वितरणका लागि अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ तयारी पारिएको उक्त कार्यविधि अनुसार नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समिति गठन गरिएको छ ।

कार्यविधि अनुसार पुर्ण अशक्त अपाङ्गता भएकालाई ‘क’ वर्गको, अति अशक्त अपाङगता भएकालाई ‘ख’ वर्गको, मध्यम अपाङ्गता भएकालाई ‘ग’ वर्गको र सामान्य अपाङ्गता भएकालाई ‘घ’ वर्गको परिचयपत्र वितरण गरिन्छ । अपाङ्गता परिचयपत्र वितरण समितिको संयोजक एवम् नगरपालिका उपप्रमुख बालकृष्ण बन्जाडेले कार्यविधि भित्र रहेर नगरले अपाङ्गता परिचय पत्र वितरण गरेको बताए । उनले अपाङ्गताको वर्गिकरणको आधार डाक्टरको चेकजाँच पछि तय हुने बताए ।

४ किसिमको अपाङ्गता परिचय पत्र पाएकाहरुमध्ये ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकाहरुले संघिय सरकारको कार्यक्रम अन्तरगत नगरबाट भत्ता पाउदै आएका छन । ‘क’ वर्गकाले मासिक ४ हजार र ‘ख’ वर्गकाले मासिक करिब २ हजार १ सयका दरले भत्ता पाउँदै आएका छन ।

ग र घ अपाङ्गता भएका व्यक्तिलाई नगरले आयआर्जनका तालिम दिएर भत्ता खुबाएको र आत्मनिर्भर बनाउको लागि नगरले तालिम समेत दिएको महिला बालबालिका शाखा प्रमुख शान्ता आचार्य भुसालले बताउनुभयो भुमिकास्थान नगरपालिकाको कार्यविधि अनुसार अपाङ्गता भएको परिचय पत्र पाउनको लागि वडा कार्यालयमानै निवेदन दिनुपर्छ ।

उक्त निवेदन वडा कार्यालयले नगरमा सिफारिस गर्नुपर्ने मापदण्ड कार्यविधिमा रहेको छ । उक्त निवेदन र सिफारीस नगर स्तरिय समन्वय समितिको बैठकमा पेश गरेर आवश्यक प्रक्रिया पुरा गरी अपाङ्गता परिचय पत्र पाउने प्रावधान रहेको छ।

 

अन्य समाचारहरु