राष्ट्रिय जनमोर्चा असुरकोटका सदस्य पिताम्बर श्रेष्ठको निधनः शोकसभा गरि राजमोले दियो श्रद्धाञ्जली (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई

माघ–२,अर्घाखाँची- राष्ट्रिय जनमोर्चा असुरकोटका क्रियाशिल सदस्य पिताम्बर श्रेष्ठको निधन भएको ७ औं दिनमा उहाँकै निवासमा शोकसभा गरि पिताम्बर श्रेष्ठलाई श्रद्धाञ्जली दिइएको छ । राष्ट्रिय जनमोर्चा, भूमिकास्थान नगरसमितिको आयोजनामा मंगलबार शोक सभा सम्पन्न भएको हो ।

श्रेष्ठको पौष २४ गते ५० वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंमा निधन भएको बताइएको छ ।

May be an image of 5 people and text

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले शोक मन्तब्य राख्दै पिताम्बर श्रेष्ठको मृत्युले पार्टीले एउटा असल योद्धा गुमाउँदा अपुरणिय क्षति पुगेको बताउनु भएको छ ।

May be an image of 3 people and text

भूमिकास्थान नगर प्रमुख समेत रहनुभएका नेता थापाले पिताम्बर श्रेष्ठले समाज परिवर्तनमा खेलेको भूमिका र लगावबाट आफुहरुले धेरै कुरा सिक्ने अवसर मिलेको बताउनुभएको छ ।

images

May be an image of 8 people and text

images

कार्यक्रममा राजमो केन्द्रिय सदस्य सागर के.सी., अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष टेक बहादुर थापा, भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी, राजमो भूमिकास्थानका अध्यक्ष हिमलाल बन्जाडे लगायतले पिताम्बर श्रेष्ठलाई श्रदान्जली दिनुभएको थियो ।

May be an image of 5 people and text

images

शोकमन्तव्य राख्दै उहाँहरुले श्रेष्ठको भौतिक शरिर नरहेपनि उहाँले बोकेको बिचार र उहाँको उर्जावान जिवनबाट पाएका प्रेरणा सधै जिवित रहने बताउनु भएको छ ।

May be an image of 5 people and text

शोकसभा पिताम्बर श्रेष्ठका माइला दाजु तथा राष्ट्रिय जनमोर्चाका सदस्य फत्त श्रेष्ठको अध्यक्षता र शिव बन्जाडेको संचालनमा  सम्पन्न भएको हो ।

 

Nepal life insurance