राजमो अर्घाखाँचीद्धारा शनिबार खाँचिकोट, असुरकोट र वाँगीमा सभा सम्पन्नः संघियता बिरुद्धको आन्दोलन राष्ट्रको आन्दोलन बन्नुपर्ने नेताको तर्क (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई ,

माघ–१३,अर्घाखाँची ।

अर्घाखाँची – राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका नेताहरुले संघियता बिरुद्धको आन्दोलन मसालको मात्र नभएर राष्ट्रको आन्दोलन भएको दाबी गरेका छन् ।

May be an image of 9 people and text

संघियताका कारण देशको आर्थिक अवस्था नाजुक हुनुका साथै राष्ट्रिय विखण्डनबाट मुलुकलाई जोगाउन संघियता फाल्न सबै एकजुट हुनुपर्ने उनिहरुको तर्क छ । आसन्न चैत्र २४ देखि ३० सम्म राष्ट्रिय जनमोर्चाले काठमाडौंमा संघियता बिरुद्ध शक्ति पर्दशन सहितको आन्दोलन गर्दैछ ।

May be an image of 13 people

पार्टीको राजधानी केन्द्रित आन्दोलनलाई सफल पार्न भएको जिल्ला तयारी अन्तरगत राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संचालन गरेको प्रचारात्मक सभा तथा कोणसभामा बोल्ने नेताहरुले यस्तो बताएका हुन् । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले शनिबार एकैदिन सन्धिखर्कको फुदवाङ्ग, भूमिकास्थानको असुरकोट र मालारानीको वांगीमा गरि तिन स्थानमा सभा तथा कोणसभा सम्पन्न गरेको छ ।

images

May be an image of 9 people and text

images

ति सभामा बोल्दै नेताहरुले सत्तारुढ दलका कार्यकर्ता र नालनातालाई पाल्ने संघियता नफाले संघियताले मुलुकलाई खाडलमा हाल्ने जिकिर गरेका छन् । “हाम्रो देश आर्थिक रूपमा पहिलेदेखि नै कमजोर थियो ।

May be an image of 14 people and text

images

अर्कातिर, मुलुकमा अनेकतामा एकता सहितको बसोबास छ” नेताहरुले भनेका छन्– “संघियता लागु भएदेखि आर्थिक रूपमा देश झन् खाडलमा फसिरहेको छ, राष्ट्र विखण्डनको अवस्थामा पुगेको छ ।” “युवालाई विदेशमा बेचेर ल्याएको रिणको भरमा संघियता कति दिन कसको निम्ती पाल्दिने हो ? नेताहरुको प्रश्न छ ।

May be an image of 8 people and text

संघियता फालेर यसमा लाग्ने बजेट शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गरि देश विकासमा लाग्नुपर्ने नेताहरुको सुझाव रहेको छ । सन्धिखर्क फुदवाङ्गमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी., जिल्ला अध्यक्ष थम्मन के.सी., उपाध्यक्ष गोपाल पौडेल, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल र अनेमसंघ केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेलले मन्तव्य राख्नुभएको थियो ।

May be an image of 12 people

Nepal life insurance

दिलदार हुसेनको अध्यक्षता, पुन बहादुर नेपालीको स्वागत मन्तव्य र वसन्त खड्काको संचालनमा सम्पन्न कार्यक्रममा अन्टुक केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी., अनेमसंघ जिल्ला कोषाध्यक्ष मिना वि.सी., प्रगतिशिल पत्रकार संघ नेपालका नेता मेहरसिंह के.सी., राजमो स्थानिय नेताहरु हस्त बहादुर पाण्डे र गोपाल नेपाली लगायतको आतिथ्यता रहेको थियो । यस्तै भूमिकास्थानको असुरकोटमा सम्पन्न कोणसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी. र नेता बाबुराम पन्थीले मन्तव्य राख्नुभएको थियो ।

May be an image of 11 people, scooter and motorcycle

शिव प्रसाद बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष टेक बहादुर थापा, राजमो भूमिकास्थानका अध्यक्ष हिमलाल बन्जाडे, अखिल नेपाल युवक संघका केन्द्रिय सचिव ठाकुर पन्थी, जिल्ला अध्यक्ष रेसम वि.क.,प्रगतिशिल पत्रकार संघका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई सहितका नेताहरुको आतिथ्यता रहेको थियो ।

May be an image of 3 people, temple and text

यता मालारानीको वांगीमा सम्पन्न कोणसभामा राजमो जिल्ला सचिवालय सदस्यद्धोय भिमलाल आचार्य र कमल प्रसाद घिमिरेले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम राजमो वांगीका अध्यक्ष रामचन्द्र भुसालको अध्यक्षता र जुद्ध बहादुर कुंवरको संचालनमा सम्पन्न भएको हो ।