मुलुकको समृद्धिका निम्ती संघियता बाधक बन्योः सागर के.सी. (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई।

माघ–१४, अर्घाखाँची – राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी.ले मुलुकको समृद्धिका निम्ती संघियता बाधक बनेको बताउनुभएको छ ।

May be an image of 7 people, crowd and text

रिण खोजेर खाएको घ्यूले जिउ नलाग्ने भने जस्तै संघियताको भारी अनावश्यक भएको उहाँको तर्क छ ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आइतबार भूमिकास्थान–६, खिल्जीमा सम्पन्न गरेको संघियता बिरुद्धको कोणसभालाई सम्बोधन गर्दै नेता के.सी.ले यस्तो तर्क गर्नुभएको हो । संघियताकै कारण देशको दिगो विकासले गति लिन नसकेको उहाँको जिकिर छ ।

May be an image of 11 people, crowd and text

आर्थिक, भौगोलिक र सांस्कृतिक कुनैपनि तवरले नेपालमा संघियता हित नहुने भन्दै नेता के.सी.ले संघियता फाल्ने आन्दोलनमा सरिक हुन आम नागरिकसंग अपिल पनि गर्नुभएको छ ।

images

May be an image of 11 people and text

images

खिल्जीको वेल्बोटमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका नेता बाबुराम पन्थी र खिमानन्द वेल्वासेले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँहरुले पनि संघियता खारेजीको विकल्प नभएको धारणा राख्नुभएको छ ।

May be an image of 11 people and crowd

images

सरकारले गर्ने भनेको संविधान संशोधन मार्फत संघियता हटाएर देशलाई निकास दिन सरकारसंग उहाँहरुले अपिल समेत गर्नुभएको छ ।

May be an image of 7 people, crowd and text

राष्ट्रिय जनमोर्चा खिल्जीका अध्यक्ष प्रकाश पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रिय महासचिव सकुन्तला राना, प्रगतिशिल पत्रकार संघका

Nepal life insurance

May be an image of 3 people and text

केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई, राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगर सदस्य उमानन्द गैरे, अखिल नेपाल युवक संघका जिल्ला सदस्य झविन्द्र चुंदाली, जातिय समता समाजका जिल्ला सचिव राम बहादुर नेपाली लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।