आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर : अमेरिकी डलरको विनियमदर उच्च, अरु विदेशी मुद्राको के भयो?

 

नेपाल राष्ट्र बैंकले आज (आइतबार)  का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, पाउन्ड, युरोसहित अधिकांश विदेशी मुद्राको मूल्य स्थिर छ। अर्थात् शनिबार जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको कारोबार सोही मूल्यमा हुनेछ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो।

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। गत साताका केहीदिन घटेको अमेरिकी डलरको मूल्य साताको अन्त्यतिर पुनः बढेर उच्च बनेको हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ४८ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ १० पैसा छ।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३४ पैसा छ।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ८९ र बिक्रीदर ८६ रुपैयाँ २६ पैसा छ।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ  १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा छ।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४० पैसा छ। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची