संघीयता र एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाको सन्धिखर्कमा सभा (तस्बिर सहित)

 

-बसन्त बहादुर खड्का , अर्घाखाँची ।

चुत्राबेसी ,अर्घाखाँची – राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिको आयोजनामा अर्घाखाँचीको चुत्राबेसी भक्तिटोला चोकमा संघीयता र एमसीसीविरुद्ध कोणसभा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न नेताहरूले संघीयता देशका लागि अनावश्यक भएको उल्लेख गर्दै यसको खारेजी आवश्यक रहेको बताएका छन्। साथै, एमसीसीजस्तो सम्झौताले नेपाललाई आर्थिक र राजनीतिक रूपमा अस्थिर बनाउने खतरा रहेको भन्दै यसको खारेजीको माग गरिएको थियो।

May be an image of 9 people, crowd and text

कोणसभाका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर बिसीले नेपालमा संघीयता लागू गर्नु ठूलो गल्ती भएको भन्दै यसको खारेजी अपरिहार्य भएको बताए। उनले संघीयता राष्ट्रको आर्थिक भार मात्र बनेको उल्लेख गर्दै यसको अन्त्यका लागि सबैले साझा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

May be an image of 13 people, crowd and text

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले अब कुनै दललाई गाली गरेर मात्र नहुने भन्दै सत्तामा बसेर राष्ट्रघात गर्ने दलहरू को थिए र कुन नेताहरू भ्रष्टाचारमा मुछिएका छन् भन्नेबारे निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखे।

May be an image of 10 people, crowd and text

नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकालले राष्ट्रिय जनमोर्चाले संघीयता खारेजको अभियानलाई निरन्तर अघि बढाइरहेको उल्लेख गर्दै यही चैत्र २४ देखि ३० गतेसम्म काठमाडौं केन्द्रित एमसीसी र संघीयता खारेजी आन्दोलनमा आम देशभक्त नागरिकहरू सहभागी हुनुपर्ने बताए।

images

May be an image of 9 people, crowd and text

राजमो अर्घाखाँची जिल्ला सचिवालय सदस्य कमलप्रसाद घिमिरेले संघीयता र एमसीसी दुवै नेपालका लागि घाँडो भएको बताउँदै यी राष्ट्रघाती प्रणाली र सम्झौताहरू खारेज गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

images

May be an image of 9 people, crowd and text

कोणसभामा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष गोविन्द बिसी, अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सचिव कल्पना पोखरेल, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष जनक पुन, राजमो जिल्ला सदस्य सीता थापा र तिला

images

May be an image of 13 people, crowd and text

थापा, अखिल नेपाल व्यापार संघका केन्द्रीय सदस्य दुर्गाप्रसाद खनाल, अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश चुदाली, रक्तिम साँस्कृतिक अभियानका जिल्ला सदस्य सन्तोष सुनार, र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सचिव गोपालप्रसाद भट्टराई लगायत नेताकार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता जीव नारायण खनालले गरेका थिए भने स्वागत मन्तव्य रिता बन्जाडेले गरेकी थिईन भने कार्यक्रमको सफल सञ्चालन नेत्रप्रसाद खनालले गरेका थिए।

Nepal life insurance

थप तस्बिर: