ढाकावाङ्ग-रुपन्देही समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमाेचन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

 

-टेकराज भुसाल।

बुटवल । अर्घाखाँची ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०८२ सालको भित्ते पात्रो (क्यालेन्डर) बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमकाे भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलबासेले शुभारम्भ गर्नुभएको हाे।

May be an image of 6 people and text

शुुभारम्भ गर्दै अध्यक्ष बेलबासेले स्थापना भएको छाेटाे समयमै थुप्रै रचनात्मक काम गर्न सफल भएको भन्दै समाजको प्रशंसा गर्दै सम्पर्क समाज भनेको के हो भन्ने उदाहरण ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाज रहेको बताउनुभयो।

May be an image of 6 people, dais and text

बेेलबासेले सम्पर्क समाज ढाकावाङ्गबाट रुपन्देहीमा आएकाहरु बीच आपसी पीर, मर्का, सु:ख र दु:ख साट्ने चाैतारीका रुपमा स्थापित भएको समेत बताउनुभयो।

May be an image of 2 people, flute, violin, dais and text

कार्यक्रममा संस्थाका सल्लाहकार प्रेम प्रसाद पाैडेल, नयाँगाउँ खानेपानी सरसफाइ तथा उपभोक्ता समिति बुटवल १२, १३ का सहसचिव ढुण्डिराज खनाल लगायतले बाेल्दै समाजलाई सशक्त र सबै सदस्यको अपनत्व हुने खालको बनाउनुपर्नेमा जाेड दिनुभएको थियो।

images

May be an image of 4 people, dais and text

कार्यक्रममा समाजका अध्यक्ष कृष्णप्रसाद खनालले भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गबाट विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको सिलसिलामा रुपन्देही आएर बसेकाहरुलाई गोलबद्ध गर्दै २०८० जेठ १३ गते गठन भएको समाजले क्यालेन्डर प्रकाशनसँगै, रक्तदान, तीजमा तीज मिलन, तिहारमा माैलिक कला र

images

May be an image of 5 people, dais and text

संस्कृतिको संरक्षण गर्ने माैलिक देउसी/भैलाे, विभिन्न समयमा विपत्तिमा परेकाहरुलाई आर्थिक सहयोग लगायत बिभिन्न रचनात्मक कामहरु गर्दै आएको बताउनुभयाे । साथै उहाँले समाजलाई थप बलियो बनाउनका लागि सदस्यहरुलाई एकजुट भई अघि बढ्न आग्रह समेत गर्नुभयो।

images

May be an image of 6 people, dais and text

यस्तै समाजले विपद जोखिम कोष स्थापना गरेको र उक्त कोषमा संस्थाका अग्रज तथा नयाँगाउँ खानेपानी संस्थाका सहसचिव दुण्डीराज खनालले १० हजार रुपैयाँ जम्मा गरेको कार्यवाहक सचिव टेकराज भुसालले जानकारी दिनुभएको छ।

May be an image of 6 people and text

अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षता, कार्यबाहक सचिव टेकराज भुसालको संचालन तथा उपाध्यक्ष युवराज खनालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा गत फागुन २४ गते सम्पन्न नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा संस्थाका अग्रज सदस्यहरु ढुण्डिराज खनाल सहसचिव तथा घनश्याम पाैडेल, अन्जना खनाल (पाैडेल) र मिना खनाल (आचार्य) सदस्यमा निर्वाचित भएकोमा समाजले सम्मान-पत्रले सम्मान गर्दै सफल तथा रचनात्मक कार्यकालको समेत शुभकामना दिएको थियो।

Nepal life insurance