तीन बर्ष पछि अमिर खान ठुलो पर्दामा, भोली ‘सितारे जमीं पर’को ट्रेलर रिलिज हुने

Nepal Life

 

मुम्बई, २४ बैशाख । लगभग ३ वर्षको अन्तराल पछि बलिउड सुपरस्टार आमिर खान कमेडी ड्रामा ‘सितारे जमीं पर’ का साथमा ठूलो पर्दामा देखिदैँछन्। जुन उनको २००७ को फिल्म ‘तारे जमीं पर’ को सिक्वेल हो। निर्माताहरूले घोषणा गरेका छन कि ‘सितारे जमीं पर’ अब जुन २० मा ठूलो पर्दामा विश्वभरी रिलिज हुनेछ ।

Nepal life insurance

रिलिज हुन एक महिनाभन्दा अलि समय बाँकी रहेको बेला निर्माण पक्षले फिल्मको अर्को एसेट लन्च गर्ने तयारी गरेको छ । पछिल्लो रिपोर्ट अनुसार आमिर खानले ‘सितारे जमीं पर’ को ट्रेलर मे ८ अर्थात भोली बिहीबार सार्वजनिक हुनेछ ।

सो ट्रेलरको आधिकारिक घोषणा भने अझै भएको छैन । यद्यपि फिल्मको कथा र प्रचार अभियानको बारेमा विस्तृत रूपमा गोप्य राखिएको छ।

यसअघि सोमवार आमिर खानले अफिसियल फर्स्ट लुक पोस्टरसहित फिल्मको रिलिज मिति घोषणा गरेका थिए । फिल्मको विषयवस्तु ‘तारे जमीं पर’ सँग मिल्दो जुल्दो छ तर यसमा नयाँ पात्र र प्रसंगसहित नयाँ कथा रहेको बताइएको छ । यो स्पेनिश फिल्म च्याम्पियन्स (२०१८) मा आधारित छ।

‘सितारे जमीं पर’ सुरुमा सन् २०२४ को क्रिसमसमा रिलिज हुने भनिएको थियो तर विभिन्न कारणले पछि सारिदै आएको थियो ।

समाचार अनुसार एक अहंकारी र आत्मकेन्द्रित बास्केटबल कोच र विशेष रूपमा सक्षम विद्यार्थीहरूको कथा फिल्ममा देखाइनेछ । फिल्मलाई आमिर खान प्रोडक्सनले निर्माण गरेको हो ।

 

Nepal life insurance