शाहरूख खानको पठानः२ को सुटिङमा चिलीमा हुने, यसकारण रोजियो चिली

Nepal Life

 

काठमाडौं, २९ बैशाख । शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ।

Nepal life insurance

सन २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि महत्त्वपूर्ण योगदान रहेको थियो। यो फिल्मले १००० करोडभन्दा बढी कमाइ गरेको थियो ।

मिड डेमा एउटा रिपोर्ट प्रकाशित भएको थियो । यशराज फिल्म्सले ‘पठान २’ मा काम गरिरहेको खुलासा भएको छ । फिल्मको सुटिङ लोकेशनसँग सम्बन्धित अपडेट पनि प्राप्त भएको छ । उसो भए पठान २ को सुटिङ कहाँ गर्ने योजनामा ​​छन् त शाहरुख खान ? यसमा नयाँ अपडेट आएको छ ।

समाचार अनुसार हालै, चिलीका राष्ट्रपति भारत भ्रमणमा आएका थिए । जहाँ उनले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटसमेत गरेका थिए । यसपछि उनी मुम्बई आएका थिए र  उनले आफ्नो देशमा फिल्म सुटिङको बारेमा धेरै फिल्म मेकरसँग कुरा गरेका थिए । रिपोर्टका अनुसार अंशुमान झा यस विषयमा खुलेर बोलेका छन् ।

यसै क्रममा चिलीका सांस्कृतिक मन्त्री क्यारोलिना एरेडोन्डोसँग पनि भेट भएको थियो । ताकि उनको प्रोडक्सन हाउस ‘फर्स्ट रे फिल्म्स’ मार्फत सांस्कृतिक आदान प्रदानको चर्चा भएको थियो ।

यशराज फिल्म्सले पठान २ को छायांकन चिलीमा गर्ने योजना पनि बनाएको उनले जानकारी दिए । सोही रिपोर्टबाट चिलीको प्रतिनिधिमण्डलले यशराज फिल्म्स स्टुडियोको पनि भ्रमण गरेको खुलासा भएको थियो । यस्तो अवस्थामा अर्को वर्ष चिलीमा ‘लकड़बाघा ३’ र ‘पठान २’ को सुटिङ हुने चर्चा रहेको छ ।

तीन वर्षको लामो प्रतिक्षा पछि अब शाहरुख खानले पठानसँग कमब्याक गरेका छन् । फिल्ममा शाहरुख खानसँग उनको लक्की चार्म दीपिका पादुकोण पनि रहेकी थिइन् भने जुन फिल्ममा जोन अब्राहम खलनायकको भुमिकामा थिए ।

 

Nepal life insurance