आजको मौसमः काेशी र बाग्मती प्रदेशमा बर्षा हुन सक्ने

Nepal Life

 

काठमाडौं, ३ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

Nepal life insurance

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कोशी प्रदेश र बागमती प्रदेश लगायत पहाडी भू(भागमा आंशिक देखी साधारणतया बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको एक दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग् सहित हल्का वर्षा भईरहेको छ।

दिउँसो कोशी र बागमती प्रदेश लगायत तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही एक दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने बागमति प्रदेशको पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

धेरै स्थानहरूमा गर्मीका कारण तथा थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग् सहित हल्का देखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।

Nepal life insurance