बाहुबली पुनः थियटरमा रिलिज हुने, त्याे पनि नयाँ टविस्टका साथ

 

बाहुबली पुनः थियटरमा रिलिज हुने, त्याे पनि नयाँ टविस्टका साथ

काठमाडौं, २५ जेठ । एसएस राजामौलीको ब्लकबस्टर फिल्म बाहुबली पुनः रिलिज हुदैँछ, त्यो पनि ठूलो ट्विस्टको साथ।

Nepal life insurance

बाहुबलीः द बिगिनिङ सन् २०१५ मा रिलिज भएको थियो भने बाहुबलीःद कन्क्लुजनले २०१७ मा बक्स अफिसमा धमाका मच्चाएको थियो।

बाहुबली यस वर्ष जुलाईमा एक दशक पुरानो हुँदैछ र यो ठूलो अवसर मनाउन, निर्माता शोबु यार्लागड्डाले हालै अक्टोबर २०२५ मा विश्वव्यापी रूपमा पुनः रिलिज गर्ने घोषणा गरेका छन्। जबकी रिलिजको मिति भने अझै खुलासा गरिएको छैन । यस महाकाव्यको प्रभासको जन्मदिन वा वरपर फिल्म ठूलो पर्दामा पुनः रिलिज हुन सक्छ।

गुल्टी डटकमको रिपोर्ट अनुसार बाहुबलीका दुवै भाग अलग अलग रिलिज गर्नुको सट्टा एउटै एपिक कटमा रिलिज हुनेछन्। निर्माताहरूले कथित रूपमा बाहुबलीः द बिगिनिङ र द कन्क्लुजनलाई एकल, ट्रिम–डाउन संस्करणमा संयोजन गर्न काम गरिरहेका छन्। दुबै भागलाई एउटै फिल्मको रूपमा पुनः रिलिज गर्ने यो नयाँ रणनीति फ्यानहरूका लागि रोमाञ्चक हुन सक्छ, किनकि यसको उद्देश्य विश्वभरका दर्शकहरूलाई फेरि एक पटक सिमलेस सिनेमाई अनुभव प्रदान गर्ने हो।

बाहुबली एक फ्रान्चाइजी हो, जसले तेलुगु सिनेमालाई विश्वव्यापी रूपमा स्थापित गरेको थियो । यसले भाषा अवरोध तोड्यो र बक्स अफिसमा इतिहास रचेको थियो। दुबै चलचित्रहरूले विश्वव्यापी रूपमा लगभग २४ सय करोड कमाउन सफल भयो ।

र, यो नै अहिलेसम्मको सबैभन्दा धेरै कमाउने गैर बलिउड भारतीय चलचित्रको श्रृंखला हो ।

 

Nepal life insurance