‘सितारे जमीं पर’ का निर्देशककाे अमिरसँगको पहिलो भेट नै ८ घन्टा लामो

 

मुम्बई, २७ जेठ । आमिर खान लामो समयपछि ठूलो पर्दामा धमका मच्याउने तयारीमा छन् किनभने अभिनेताको फिल्म ‘सितारे जमीं पर’ यही जुन २० मा हलमा रिलिज हुँदैछ ।

Nepal life insurance

तर, फिल्मका निर्देशक आरएस प्रसन्ना यस फिल्मका लागि आमिर खानसँग सम्पर्क गर्दा पहिलो पटक अलि धेरै नर्भस भएको खुलासा गरेका छन्। हालै निर्देशकले फिल्मका लागि अभिनेतासँगको आफ्नो पहिलो भेटको स्मरण साझा गरेका छन् । उनले दुई बीचको पहिलो भेटघाट १–२ घण्टा नभएर ८ घण्टा बढी लामो भएको बताएका छन् ।

आमिर खानलाई बलिउडको मिस्टर परफेक्शनिस्ट भनिन्छ । तर, उनले आफ्नो जुनसुकै फिल्ममा अभिनय गरेर पनि यो कुरालाई प्रमाणित गर्छन् । हालै आफ्नो आगामी फिल्म ‘सितारा जमीं पर’का निर्देशकले आमिर खानसँगको पहिलो भेटको कुरा साझा गरेका छन् । प्रत्यक्ष भेटघाट हुनु अघि दुवै बीच भर्चुअल कुराकानी भएको थियो उनीसँग ८ घन्टा लामो भेटको केही समय पछि भने म निकै सहज भएको निर्देशकले जनाएका छन् ।

आरएस प्रसन्नाले भने कि उनी फिल्मको लागि अभिनेतासँग कुरा गर्न सुरूमा धेरै नै नर्भस थिए। तर, उनलाई सुरुदेखि नै थाहा थियो कि उनी आमिर खानलाई फिल्ममा मुख्य अभिनेताको रूपमा हेर्न चाहन्छन्। तर, अभिनेताको टोलीले यस परियोजनामा ​​बढी चासो देखाएकोमा उनी बढी खुसी भएका थिए । फिल्ममा आमिर खानलाई कास्ट गर्न उनले फिल्म निर्माता र फ्यान दुवैको दृष्टिकोणबाट सोचेका थिए।

उनीहरुको भेटलाई स्मरण गर्दै उनले भने, ‘पहिलो १० मिनेटमै आमिर खानले मलाई पूर्णतया सहज बनाएका थिए । साथै, उनले यो फिलिंग एकदमै फरक थियो किनभने उनले लामो समयदेखि आमिर खानको प्रशंसा गरेको थिएँ, अन्ततः यस्तो भयो कि मैले कुनै सुपरस्टारलाई भेटेको होइन, साथीलाई भेटेको जस्तो अनुभुतित थियो ।’ उनीहरु दुबैले पहिलो भेट करिब ८ घण्टा लामो थियो, जसमा ब्रेकफास्ट र लञ्च समेत समावेश थियो ।

 

Nepal life insurance