फिल्म ‘सितारे जमीन पर’ पहिलो सातामा सय करोड नजिक

 

काठमाडौँ । बलिउड अभिनेता आमिर खानको फिल्म ‘सितारे जमीन पर’ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।

फिल्म ‘सितारे जमीन पर’ ले रिलिजको पहिलो सातामा घरेलु बक्स अफिसमा सय करोडको नजिक पुगेको छ । भारतीय बक्स अफिसमा फिल्म ‘सितारे जमीन पर’ ले पहिलो सातामा ८८ करोड ४६ करोड कमाई गरेको छ ।

Nepal life insurance

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो दिन शुक्रबार १०.७० करोड, दोस्रो दिन शनिबार १९.९० करोड, तेस्रो दिन आइतबार २६.७० करोड, चौथो दिन सोमबार ८.५० करोड,  पाँचौं दिन मंगलबार ८.६ करोड, छैटौं दिन बुधबार ७.५१ करोड र सातौं दिन विहिबार ६.५५ करोड कमाई गरेको छ ।

‘सीतारे जमीन पर’ फिल्ममा आमिर खान एक प्रशिक्षकको भूमिकामा देखिएका छन्, जसले विशेष बालबालिकाहरूको बास्केटबल टोलीलाई तालिम दिन्छन् । यो फिल्मलाई आरएस प्रसन्नाले निर्देशन गरेका छन् । आमिरको यो फिल्म स्पेनी फिल्म ‘च्याम्पियन (२०१८)’ को रिमेक हो ।

फिल्ममा आमिर खान, जेनेलिया देशमुख, डली अहलुवालिया, सिमरन मंगेशकर, आयुष भन्साली, आशिष पेन्डसे, गोपी कृष्णन वर्मा, वेदान्त शर्मा, ऋषभ जैन, आरुष दत्त, ऋषि साहनी, नमन मिश्रा, बृजेन्द्र काला र निखत खानलगायतका कलाकारको अभिनय रहेको छ ।

 

Nepal life insurance