नेप्से परिसूचकमा ९ अंकको वृद्धि

 

काठमाडौँ । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ । आज नेप्से ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा कायम भएको छ ।

Nepal life insurance

आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६ अर्ब ३८ करोड ७२ लाख ७   हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज राप्ति हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ भने धवलागिरी लघुवित्तको शेयर ९.८० प्रतिशतले र वीन नेपाल लघुवित्तको शेयर मुल्य ९.१६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज पन्चकन्या माई हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ४.९२ प्रतिशतले घटेको छ ग्रीन डेभलपमेन्ट बैंकको शेयर मुल्य ४.६५ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार साहस उर्जाको शेयर ३६ करोड ५३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

 

Nepal life insurance