आलिया भट्टलाई ठग्ने बेदिका प्रकाश पक्राउ, जान्नुहोस पुरै मामिला

images

 

मुम्वई, २६ असार । बलिउड सुपरस्टार अभिनेत्री आलिया भट्टसँग जोडिएको एउटा ठूलो खबर बाहिर आएको छ ।

Nepal life insurance

आलिया भट्टलाई लाखौं रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरी सोधपुछ गरिरहेको छ। आलियाकी आमा तथा अभिनेत्री सोनी राजदानले वेदिका प्रकाश शेट्टी नामकी एक महिलाविरुद्ध उजुरी दिएकी थिइन् । अहिले प्रहरीले उनलाई पक्राउ गरेको छ । विस्तृतमा जानौँ के हो पूरै प्रकरण र को हुन् पक्राउ परेकी महिला वेदिका प्रकाश ? खासमा आलियासँग उनको सम्बन्ध कस्तो हो ?

वेदिका प्रकाश शेट्टी आलिया भट्टकी पूर्व पर्सनल असिस्टेन्ट (पीए) हुन्। आलियासँग २०२१ देखि २०२४ सम्म काम गर्ने वेदिकाको उमेर ३२ वर्ष रहेको बताइएको छ। अभिनेत्रीको प्रोडक्सन ब्यानरको काम सम्हाल्नुका साथै उनले आलियाको व्यक्तिगत खाताहरू पनि ह्यान्डल गर्ने गरेकी थिइन्। प्रेस जर्नलको रिपोर्ट अनुसार  वेदिका कुनै समय मुम्बईको मरोलमा बस्थिन् । वेदिकाले अन्य सेलिब्रेटीसँग पनि काम गरेको बताइन्छ । तर, अचम्मको कुरा के छ भने वेदिकाको न त वेरिफाइड सोसल मिडिया अकाउन्ट छ न त लिंक्डइन प्रोफाइल । उनी सामाजिक सञ्जालवाट टाढै रहेकी छिन् ।

अब जान्नुहोस, पुरै मामिला के हो ? वास्तवमा, आलिया भट्टसँग काम गर्दा र उनीसँग बस्ने क्रममा वेदिकाले उनलाई लाखौं रुपैयाँ ठगेकी रहिछिन्। वेदिकामाथि आलियाको प्रोडक्सन हाउस इटरनल सनसाइन प्रोडक्सन प्राइभेट लिमिटेड र व्यक्तिगत खाताबाट करिब ७७ लाख रुपैयाँ (७६,९०,८९२ भारतीय रुपैयाँ) हिनामिना गरेको आरोप छ। वेदिकाले २०२२ र २०२४ बीचको दुई वर्षमा आफ्नो प्रोडक्सन हाउस र व्यक्तिगत खाताबाट पैसा हस्तान्तरण गर्न आलियाको नक्कली हस्ताक्षर प्रयोग गरेकी थिइन्।

वेदिकाको यो षड्यन्त्रका लागि आलियाकी आमा सोनी राजदानले फेब्रुअरी २०२५ मा वेदिकाविरुद्ध आर्थिक दुर्व्यवहारको आरोप लगाएकी थिइन् । प्रहरीले वेदिकाको खोजी गरी अनुसन्धान थाले पनि फेला पार्न सकेको थिएन तर अन्ततः आलियाका पूर्व म्यानेजरलाई मुम्बईको जुहु प्रहरीले मंगलबार साँझ बेंगलुरुबाट पक्राउ गरेको थियो । यस विषयमा आलिया वा उनको टोलीबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन ।

 

Nepal life insurance