फुलवारीमा नवनिर्मित शिवालय मन्दिरको भव्य उद्घाटन, धार्मिक पर्यटन र विकासलाई जोड (तस्बिर सहित )

imagesimages

 

-टेकराज भुसाल।

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ फुलवारीमा निर्माण गरिएको नवनिर्मित शिवालय मन्दिरको भव्य उद्घाटन गरिएको छ।
विशेष समारोहका बीच भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले मन्दिरको उद्घाटन गर्नुभएकाे हो।

May be an image of 6 people

Nepal life insurance

उद्घाटन गर्दै नगरप्रमुख थापाले सुपादेउराली दर्शनमा आउने धार्मिक पर्यटकलाई सेङलेङ दह, पाथीभरा मन्दिर, मृगस्थली झरना, मसिनाका लेक हुँदै ढाकावाङ्गस्थित भूमे मन्दिरसम्म पुर्‍याउने गरी धार्मिक मार्ग निर्माणको योजना अघि बढाइएको जानकारी दिनुभयो।

उहाँले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने पूर्वाधारको विकास, कृषि परामर्श सेवा, सहकारीहरूको सशक्तिकरण, र उद्यमशीलताको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको स्पष्ट पार्नु भयो।

May be an image of 9 people and tree

images

त्यस्तै धार्मिक क्षेत्रको प्रवर्द्धनसँगै भौतिक विकासलाई पनि सँगसँगै अघि बढाइएको उल्लेख गर्दै नगरप्रमुख थापाले पिपलनेटा बजारदेखि फुलवारीसम्मको सडक खण्ड कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढेको र यसले विकासमा थप गति दिने अपेक्षा गरिएको जानकारी समेत दिनुभयो।

May be an image of 8 people and tree

images

त्यस्तै भूमिकास्थान- १ का वडाध्यक्ष गोपाल प्रसाद खनालले फुलवारी क्षेत्रलाई धार्मिक र पर्यटकीय दृष्टिले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले धेरैजसो सूचकमा जिल्लाका अन्य पालिकालाई भूमिकास्थान नगरपालिकाले उछिन्दै भौतिक विकासमा फड्को मारेको धारणा राख्नुभएको थियो।

images

May be an image of 11 people and wedding

कार्यक्रममा भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, नगर-कार्यपालिका सदस्य खुमा बेलवासे लगायत जनप्रतिनिधि, कर्मचारी, आमा समुह सहित स्थानीयकाे व्यापक उपस्थिति रहेको थियो।

May be an image of 8 people, people smiling and text

कार्यक्रम बासुदेव गिरीको अध्यक्षता, प्रकाश भुसालको सञ्चालन र टेकप्रसाद बेलवासेको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।

Nepal life insurance

 

Nepal life insurance