नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले सर्वसाधारणलाई लक्षित गर्दै ३० लाख कित्ता सेयर निष्कासन गर्ने

imagesimages

 

काठमाडौं, साउन – पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेड (NIIFL) ले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ। प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

Nepal life insurance

यस सेयर निष्कासनको व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। हालै सम्पन्न सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र फण्डका अध्यक्ष मनिष थापाबीच हस्ताक्षर भएको हो।

NIIFL नेपालमा स्थायी पूँजी साधन (Permanent Capital Vehicle) मार्फत पूर्वाधारमा लगानी गर्ने प्रमुख संस्था हो, जसको व्यवस्थापन ग्लोबल इक्विटी फण्डले गर्दै आएको छ। ग्लोबल इक्विटी फण्ड नेपाल धितोपत्र बोर्डबाट अनुमोदित पहिलो प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फण्ड व्यवस्थापक हो।

संस्थाले स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी, जलविद्युत, सूचना प्रविधि, कृषि, आतिथ्यलगायतका पूर्वाधारमुखी क्षेत्रमा कार्यरत कम्पनीहरूमा पूँजी लगानी गर्दै आएको छ।

NIIFL मा हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्सलगायतका बीमा कम्पनीहरूसँगै व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरी प्रवर्द्धकका रूपमा आवद्ध छन्।

 

Nepal life insurance