नेशनल अवार्ड पाएपछि शाहरुख खान भन्छन्- अभिनय काम मात्र होइन, जिम्मेवारी हो

imagesimages

 

काठमाडौँ । राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेपछि अभिनेता शाहरुख खानले निर्णायक मण्डल, सूचना तथा प्रसारण मन्त्रालय र भारत सरकारलाई धन्यवाद दिएका छन् ।

Nepal life insurance

शाहरुख खानले एक भिडियो साझा गर्दै अभिनय एउटा काम मात्र नभएर जिम्मेवारी पनि भएको बताउदै यो अवार्डले सिनेमाको सेवा गरिरहन प्रेरणा दिएको बताएका छन् ।

शाहरुख खानले भनेका छन्- ‘राष्ट्रिय चलचित्र पुरस्कार केवल एउटा उपलब्धि मात्र होइन । यसले मलाई सम्झाउँछ कि म के गर्छु त्यो महत्त्वपूर्ण छ । यसले मलाई अगाडि बढ्न, कडा परिश्रम गर्न र सिनेमाको सेवा गरिरहन भन्छ । यो पुरस्कार मेरो लागि सम्झना गराउँछ कि अभिनय केवल एउटा काम होइन तर एउटा जिम्मेवारी हो। पर्दामा सत्य देखाउनु जिम्मेवारी हो ।’

उनले निर्देशक एटली सहित फिल्म ‘जवान’ को सम्पूर्ण टोलीलाई पनि धन्यवाद दिए ।

७१औं राष्ट्रिय चलचित्र पुरस्कार २०२३ को शुक्रबार घोषणा गरियो । यस पटक दुई कलाकारलाई उत्कृष्ट मुख्य भूमिकामा पुरस्कार प्रदान गरियो । शाहरुख खानले ‘जवान’ को लागि र विक्रान्त मेसीले ‘१२ फेल’ को लागि यो पुरस्कार प्राप्त गरे । त्यस्तै ‘मिसेस चटर्जी भर्सेस नर्वे’ मा उनको शक्तिशाली अभिनयको लागि रानी मुखर्जीलाई उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्रदान गरियो ।

 

Nepal life insurance