आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलर र दिनारको घट्यो

imagesimages

 

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घट्को छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४० रुपैयाँ २१ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा थियो।

यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो।

त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा छ। हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ ३० पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ र बिक्रीदर ४५८ रुपैयाँ ९७ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०५ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २९ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ०८ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

 

Nepal life insurance