आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, अन्य मुद्रा के भए?

imagesimages

 

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। यी सबैजसो मुद्राको मूल्य मंगलबार पनि घटेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा थियो।

Nepal life insurance

यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो।

त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा छ। हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ९० पैसा र बिक्रीदर १८० रुपैयाँ ७१ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा  थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५४ रुपैयाँ २४ र बिक्रीदर ४५६ रुपैयाँ २१ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ५० र बिक्रीदर ४५८ रुपैयाँ ४६ पैसा  थियो।

आज बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५३ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

 

Nepal life insurance