अर्घाखाँची: राष्ट्रिय जनमोर्चा भूमिकास्थान-२ ढाकावाङको जेष्ठ सदस्य रेमी खनालको निधन ।

imagesimages

 

-टेकराज भुसाल ।

भूमिकास्थान – राष्ट्रिय जनमोर्चा भूमिकास्थान-२ ढाकावाङको जेष्ठ सदस्य रेमी खनालको निधन भएको छ । ढाकावाङ,भलाटारी निवासी राष्ट्रिय जनमोर्चाको जेष्ठ सदस्य हरीलाल खनालको श्रीमती तथा छोराहरू भुवानन्द खनाल, झविन्द्र(दुर्गा) खनाल, कविराम खनाल, छोरीहरू पार्वता भुसाल, निमा वेल्बासे, तुलसा पौडेल, कौशला खनाल र गोमा बन्जाडेको आमा रेमी खनालको बुधबार ८७ बर्षको उमेरमा मृत्यु भएको हो ।

May be an image of 3 people and motorcycleNepal life insurance

स्वर्गीय रेमीको भूमेकाथान स्थित स्थानीय घाटमा बुधबार नै अन्तिम श्रद्धाञ्जलीपछी दाहसंस्कार गरिएको छ । दाहसंस्कार पूर्व स्वर्गीय रेमीको सम्मान स्वरुप घाटपरिसरमै शोक कार्यक्रम गरि श्रद्धाञ्जली दिइएको थियोे ।

त्रीवेणी साकोसका कार्यालय प्रमुख तुल्सीराम खनालको संचालनमा सम्पन्न शोक कार्यक्रममा एक मिनेट मौनधारण पश्चात् रेमीको पार्थिव शरीरमा टीका र फुल चढाएर श्रद्धाञ्जली प्रदान गरिएको हो ।

May be an image of 3 people

कार्यक्रममा भूमिकास्थान नगरप्रमुख झविलाल थापा, राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी., जिल्ला सचीव बाबुराम पन्थी, कोषाध्यक्ष गोविन्द वि.सी., नेपाली काङ्ग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा एमाले जिल्ला उपाध्यक्ष शम्भु पाेखरेल, नेता खुबिराम आचार्य, रास्वपा जिल्ला सभापति हरी प्रसाद भुसाल, लुम्बिनी प्रदेश मुख्यमन्त्रीका स्वकीय

images

May be an image of 6 people

सचीव कुशल भुसाल, प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी, भूमिकास्थान-१ का वडाध्यक्ष गोपाल खनाल, भूमिकास्थान-२ का वडा सदस्य नारायण खनाल, भूमिकास्थान-३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे सहित उद्योगी/व्यवसायी/निर्माण व्यवसायी लगायत स्थानीयको बाक्लो उपस्थिति रहेकोे थियोे ।

images

 

Nepal life insurance

images