अभिनेता अरबाज र शुरालाई पुत्री लाभ

imagesimages

 

काठमाडौँ । बलिउड अभिनेता अरबाज खान र उनकी श्रीमती शूरा खान छोरीका मातापिता बनेका छन् । शूराले मुम्बईको पी.डी. हिन्दुजा अस्पतालमा छोरीलाई जन्म दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

५८ वर्षको उमेरमा अरबाज दोस्रो पटक बुबा बनेका छन् । शूराभन्दा पहिले अरबाजको मलाईका अरोरासँग विवाह भएको थियो । उनीहरूको छोरा अरहानको जन्म २००२ मा भएको थियो । यद्यपि, २०१७ मा आपसी सहमतिमा मलाइकासँग उनले सम्बन्ध विच्छेद गरेका थिए ।

केही समय डेट गरेपछि, अरबाज र शूराले डिसेम्बर २४, २०२३ मा एक निजी समारोहमा विवाह गरेका थिए । विवाह अरबाजकी बहिनी अर्पिता खान शर्माको घरमा भएको थियो।

अरबाज र शुराको पहिलो भेट रवीना टन्डनको फिल्म “पटना शुक्ला” को सेटमा भएको थियो । अरबाज फिल्मका निर्माता थिए भने शुर मुख्य अभिनेत्रीकी मेकअप आर्टिस्ट थिइन् । कामको क्रममा उनीहरूको मित्रता प्रेममा परिणत भएको थियो ।

 

Nepal life insurance