आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर: अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, कुवेती र बहराइन दिनारको घट्यो

imagesimages

 

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, कुवेती दिनारसहित केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।

Nepal life insurance

आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दाा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८७ रुपैयाँ १० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ १४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ०९ पैसा छ। हिजो  कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ १८ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०७ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

Nepal life insurance