आज (आइतबार) लागि विदेशी मुद्राहरूको विनिमयदर : हिजो बढेको अमेरिकी डलर, युरो र दिनारको मूल्य आज कति?

imagesimages

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको कारोबार सोही मूल्यमा हुने राष्ट्र बैंकले जनाएको छ।

Nepal life insurance

शनिबार अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढ्दा अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा सस्तिएका थिए।

आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दाा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा छ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९१ पैसा छ।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

Nepal life insurance