भूमिकास्थानको शिक्षामा नवप्रयास:- बुक फ्री फ्राइडेले विद्यालयको वातावरणै बद्लियो

imagesimages

 

-टेकराज भुसाल, अर्घाखाँची ।

अर्घाखाँची । अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकाले सञ्चालनमा ल्याएको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरबाट सिकाइ अनुभव दिलाउने लक्ष्यका साथ सुरु गरिएको यो अभियान अहिले नगरका विद्यालयहरूमा सकारात्मक परिवर्तनको आधार बनेको छ।

May be an image of one or more people, watermelon and text

नगरपालिकाले प्रत्येक शुक्रबार कक्षामा पुस्तक बिना सृजनात्मक, व्यवहारिक र सीपमूलक गतिविधि सञ्चालन गर्ने व्यवस्था गरेको छ। यसले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, अभिव्यक्ति कौशल र सामाजिक ज्ञान बढाउन ठूलो भूमिका खेलेको विद्यालयहरूले बताएका छन्।

May be an image of one or more people, people studying, tree and text

विद्यार्थीहरुले सामूहिक रुपमा टमाटर तथा अन्य तरकारी खेतीहरु, सालको पातबाट टपरी खुट्ने लगायतका कार्यहरु गर्दै आइरहेको नगरपालिकाले जनाएको छ।

May be an image of one or more people and text

विश्व मावि ढाकावाङ्गका शिक्षक जुमलाल खनालका अनुसार बुक फ्री फ्राइडेले विद्यार्थीलाई पाठ्यपुस्तक केन्द्रित शिक्षाबाट बाहिर निकालेर जीवन उपयोगी सीप, वादविवाद, खेलकुद, कला, वातावरणीय सिकाइ, सामुदायिक अध्ययन, समूहगत कार्य जस्ता अभ्यासमा जोड दिएको छ। “यो कार्यक्रमपछि विद्यार्थी कक्षा सक्रिय, आत्मनिर्भर र उत्साहित बनेका छन्,” शिक्षक खनालले बताए।

images

May be an image of one or more people, watermelon and text

भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाका अनुसार विद्यार्थीहरुलाई किताब मात्र होइन, अनुभवबाट पनि सिक्न सकिन्छ भन्ने धारणा स्थापित गर्न यो अभियान सुरु गरिएको हो। अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनको सहकार्यले कार्यक्रम अझै प्रभावकारी बन्दै गएको छ।

images

May be an image of one or more people

यसैबीच, नगरपालिकाले आगामी दिनमा बुक फ्री फ्राइडेअन्तर्गत नयाँ गतिविधि, सीपविकास तालिम, स्थानीय संसाधनको उपयोग तथा सामुदायिक सहभागिता थप विस्तार गर्ने नगरप्रमुख थापाले बताए।

images

May be an image of one or more people, people studying, tree and text

स्थानीय अभिभावकहरूका अनुसार यो पहलले बच्चाहरूमा सामाजिक व्यवहार, टीमवर्क, संस्कार र अनुशासन जस्ता पक्षमा उल्लेख्य सुधार देखिएको छ।

May be an image of one or more people and text

Nepal life insurance

May be an image of one or more people, watermelon and text

May be an image of one or more people, people studying, tree and text

May be an image of one or more people and text

 

Nepal life insurance