आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: अमेरिकी डलरको मूल्य निरन्तर उकालो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि थप महँगिए

imagesimages

 

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज पनि अमेरिकी डलरको विनिमयदर बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य आज पनि बढेको छ। आज पाउन्डको मूल्य भने घटेको छ।

Nepal life insurance

आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा छ।

हिजो अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

हिजो बढेर अहिलेसम्मकै महँगो बनेको अमेरिकी डलरको विनिमयदर आज फेरि थप बढेको हो।

त्यसैगरि आज युरो १ को खरिदर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा छ। हिजो युरो १ को खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ १२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९२  पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १० पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ५४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ४० पैसा र बिक्रीदर ४७२ रुपैयाँ ३६ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३८ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

Nepal life insurance