साढे १२ अंकले घट्यो आजको शेयर बजार

imagesimages

 

काठमाडौँ । आईतवार साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज –नेप्से) साढे १२ अंकले घटेको हो । नेप्से ०.४७ प्रतिशतले घटेर परिसूचक २५९४.८७ बिन्दुमा आएको छ ।

दिनभरमा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर कारोबार भएको छ ।

Nepal life insurance

बजार बन्द हुँदा ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
दिनभरमा ३३० वटा कम्पनी कारोबारमा आउँदा ६० हजार ६९९ पटक शेयर किनबेच भएको थियो । आज २ वटा कम्पनीको शेयर मूल्यमा मात्र सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ वटा समूहमध्ये वाणिज्य बैंक र म्युचुअल फण्ड बाहेक अन्य सबै समूह घटेको छ ।

 

Nepal life insurance