आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: सबै विदेशी मुद्राको विनिमयदर उच्च वृद्धि अमेरिकी र अस्ट्रेलियन डलरको भाउ हालसम्मकै महँगो

imagesimages

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ।

Nepal life insurance

हिजो पनि यी सबै मुद्राको मूल्य बढेको थियो। सबैजसो मुद्राको मूल्य विगत केही दिनदेखि निरन्तर बढ्दै आएको छ।

आज अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

गएका केही दिनदेखि अमेरिकी डलरको विनियमदर निरन्तर बढिरहेको छ। हिजो अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा थियो।

त्यसैगरि आज युरो १ को खरिदर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा छ। हिजो युरो १ को खरिदर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ०१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७२ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ०९ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ १४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

Nepal life insurance