आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: अस्ट्रेलियन डलर, पाउन्ड र बहराइन दिनारको मूल्य बड्यो, युरो र कुबेती दिनारको घट्यो

imagesimages

 

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, कुबेती दिनारसहित कतिपय मु्रदा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ।

Nepal life insurance

आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा छ। हिजो युरो १ को खरिदर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ २५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ८९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६६ रुपैयाँ थियो।

आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ७० पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६५ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

Nepal life insurance