आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: हिजो बढेको अस्ट्रेलियन डलर, युरो र दिनारको मूल्य आज कति?

imagesimages

 

नेपाल राष्ट्र बैंकले आज  (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुबेती र बहराइन दिनारसहित सबैजसो मुद्राको मूल्य स्थिर छ। अर्थात शनिबार जुन मूल्यमा कारोबार भएको थियो, ती मुद्राको कारोबार आज पनि सोही मूल्यमा हुनेछ।

Nepal life insurance

आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा छ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ९२ पैसा छ।

आज बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ९५ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

Nepal life insurance