आजको मौसम पूर्वानुमान: देशभर पश्चिमी वायूको आंशिक प्रभाव, कोशी प्रदेश र मधेश प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु

imagesimages

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले  देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ ।

Nepal life insurance

देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ ।

आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

 

#आजकोमौसम #मौसमपूर्वानुमान #WeatherUpdate #NepalWeather #ClimateNews #WeatherAlert #ForecastToday #WeatherReport #StaySafe #WeatherNepal #arghakhanchicom

Nepal life insurance