आजको मौसम पूर्वानुमान: देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु। 

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लागेको छ साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो र राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

#AajkoMausam #WeatherUpdate #NepalWeather #WesternWind #Tarai #Fog #TodayWeather #arghakhanchicom #arghakhanchi_com

Nepal life insuranceimagesimages

अन्य समाचारहरु