

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसदहरूले सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् ।

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आज प्रधानन्यायाधीश राउतसँग समय लिएको बताइएको छ । उनीहरूले रिट छिटो सुनुवाइका लागि ध्यानाकर्षण गराउने जानकारी दिएका छन्।

घिमिरेको नेतृत्वमा काँग्रेसका पुर्व सांसदहरुले संसद् पुनर्स्थापनाका रिट निवेदन दिएका थिए । पूर्व सांसदहरूको टोलीले सर्वोच्चमा एमालेका सांसदलाई पनि सूचना दिएको छ ।
#संसद #काँग्रेस #रिट #प्रधानन्यायाधीश #राजनीति #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



