

जनकपुरधाम । नेपाली कांग्रेसले आज मधेश प्रदेशको जनकपुरधाममा ‘प्रतिज्ञा सभा’ गर्ने भएको छ । कांग्रेसले आज मधेश सभा जनकपुरधाममा प्रतिज्ञा सभा आयोजना गर्न लागेको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार काँग्रेसले यसै सभाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलो घोषणा पत्रको रुपमा ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने समेत कार्यक्रम रहेको छ ।

यस सभाका लागि मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू हुने काँग्रेसका नेता कार्यकर्ता सहभागी हुने बताइएको छ ।
उक्त सभामा कांग्रेस केन्द्रीय सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने उपसभापति विश्वप्रकाश शर्मासहितका केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने छन् ।
कांग्रेसले सातै प्रदेशका मुख्य सहरहरूमा सभा गरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको प्रचार प्रसार गर्ने बताएको छ ।
#नेपालीकाँग्रेस #प्रतिज्ञासभा #जनकपुरधाम #राजनीतिकघटना #नेपालराजनीति #समसामयिकअपडेट #मुख्यसमाचार #राजनीतिकसभा #देशसमाचार #नेपालसमाचार #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



