


काठमाडौँ । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा सुपर ओभरमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा यस आइपिएलको पहिलो सुपर ओभरमा कोलकोताले लखनउलाई पराजित गर्दै महत्वपूर्ण २ अंक बटुलेको हो ।


सुपरओभरमा ३ बलमा दुवै विकेट गुमाएको कोलकोताले केवल २ रनको लक्ष्य दिएकोमा कोलकोताका रिंकु सिंहले पहिलो बलमा चौका प्रहार गरेर जित दिलाएका थिए ।
यसअघि कोलकोताले दिएको १५६ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ८ विकेट गुमाउदै १५५ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो ।
यो जारी आइपिएलमा कोलकोताको दोस्रो जित हो । यो जितपछि कोलकोताको ८ खेलमा ५ अंक भएको छ र आठौँ स्थानमा उक्लिएको छ । त्यस्तै लखनउको भने यो यस सिजनमा छैटौं हार हो । ८ खेलमा ४ अंकसहित लखनउ अंक तालिकामा पुछारमा रहेको छ ।



