विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड: १८.४ महिनाको आयात धान्न पुग्ने

 

काठमाडौँ । नेपालको कुल विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले वृद्धि हुँदै २०८२ चैत मसान्तसम्म ३४ खर्ब ९४ अर्ब ७३ करोड पुगेको हो ।

अमेरिकी डलरमा गणना गर्दा पनि विदेशी मुद्रा सञ्चितिमा वृद्धि देखिएको छ । २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको सञ्चिति २०.८ प्रतिशतले बढेर २०८२ चैत मसान्तमा २३ अर्ब ५५ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकसँग रहेको विदेशी विनिमय सञ्चिति पनि बढेको छ । २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेको यस्तो सञ्चिति २७.७ प्रतिशतले बढेर २०८२ चैत मसान्तमा  ३० खर्ब ८२ अर्ब ४१ करोड पुगेको छ ।

यस्तै, राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति अझ तीव्र गतिमा बढेको छ । २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको सञ्चिति ५६.८ प्रतिशतले वृद्धि हुँदै २०८२ चैत मसान्तमा ४ खर्ब १२ अर्ब ३२ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०८२ चैत मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनासम्मको आयातलाई आधार मान्दा हाल रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनासम्मको वस्तु आयात तथा १८.४ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात पनि सुधारिएको छ । २०८२ चैत मसान्तमा यी अनुपात क्रमशः ५७.२ प्रतिशत, १५३.१ प्रतिशत र ४१.२ प्रतिशत पुगेका छन् । २०८२ असार मसान्तमा भने ती अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

images

 

Nepal life insuranceimagesimagesimages

images