

काठमाडौं — जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न प्रदेशमा वर्षा, मेघगर्जन र चट्याङको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव सक्रिय रहेको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिक बदली देखिएको छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले नै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ। मधेश प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा आज गर्मी बढ्ने सम्भावना रहेको छ। अत्यधिक गर्मीका कारण सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
#मौसमअपडेट #आजकोमौसम #वर्षा #चट्याङ #मौसमपूर्वानुमान #गर्मीबढ्यो #नेपालसमाचार #ताजा_अपडेट #ब्रेकिङन्युज #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



