

काठमाडौँ । पूर्णिमा श्रेष्ठ आफ्नै रेकर्ड तोड्दै छैठौँ पटक सगरमाथाको सफल आरोहण गरेकी छन् । सतोरी एड्भेञ्चरको टिमसँगै श्रेष्ठले बुधबार सगरमाथाको छैटौं पटक सफल आरोहण गरेकी हुन् ।

यसअघि २०२४ मा उनले दुई हप्तामा तीनपटक सगरमाथा शिखरको आरोहण गरेपछि गिनिज बुक अफ वर्ड रेकर्ड समेत बनेको थियो ।

श्रेष्ठले सन् २०२४ मे महिनामा एकै सिजनमा तीन पटक सगरमाथाको आरोहण गर्न सफल भएकी थिइन् । पुरुषले यसरी रेकर्ड कायम गरिसके पनि पहिलो महिलाको रूपमा पूर्णिमाले यो कीर्तिमान कायम गरेकी थिइन् । उनले २०२४ मे १२, मे १९ र मे २५ मा सगरमाथा आरोहण गरेकी थिइन् ।



