आजको मौसम: पहाडमा वर्षा र चट्याङको सम्भावना, तराईमा गर्मीको प्रभाव कायमै

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको असरका कारण देशका विभिन्न भू–भागमा बदली, वर्षा तथा केही स्थानमा गर्मीको प्रभाव देखिएको छ।

विभागका अनुसार अहिले कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

यता मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तातो लहरको प्रभाव रहने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा दिनभरि गर्मीको असर महसुस हुने अनुमान गरिएको छ।

आज राति कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भू–भाग र मधेश प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ। रातिको समयमा कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ तथा स्थानीय वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

#आजको_मौसम #मौसम_पूर्वानुमान #वर्षा #चट्याङ #लुम्बिनी #नेपाल_मौसम #WeatherUpdate #Arghakhanchicom #ArghakhanchicomHD #Arghakhanchidotcom

 

Nepal life insuranceimagesimagesimages