प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले ४ बिधेयक प्रस्तुत गर्ने

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ  । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा सभामुख डाेलप्रसाद अर्यालले कार्यब्यवस्था समितिका सदस्यकाे मनाेनयन गरेकाे जानकारी  गराउने छन् ।   अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बक्तब्यसहित ‘आर्थिक बर्ष २०८३÷८४ को राजश्व र ब्यायको बार्षिक अनुमान माथी सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव गरे पछि छलफल प्रारम्भ हुनेछ ।  र, आज नै सो बिषय माथी उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

 

साथै, अर्थमन्त्री वाग्लेले ‘बिनियोजन बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने र सो लगत्तै उनले ‘राष्ट्र ऋण उठाउने बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । र, ‘नेपाल राष्ट्र बैंक (तेस्रो संसोधन) बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छन् ।

भारतसँगकाे सिमा बिबादका बारेमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएकाे बिबादस्पद अभिब्यक्ति सच्चाउनु पर्ने तथा माफी माग्नु पर्ने अडानका कारण हिजाे संसद बैठक सुचारू हुन सकेकाे थिएन, नयाँ संसद सुरू भए देखी पहिलाे पटक सुचना टाँस गरेर मंगलबार बिहान ११ः०० बजेसम्मका लागि स्थगित गरिएकाे थियाे । प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने अडान बिपक्षी दलले राखेका छन् ।