बेड संख्याअनुसार शुल्क नतिर्ने यी ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख असुल गर्ने निर्णय

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।जस अनुसार चितवन मेडिकल कलेज भरतपुर, चितवनसँग ७ लाख, नेपाल मेडिसिटी अस्पतालसँग १८ लाख, गण्डकी मेडिकल कलेज पोखरासँग १० लाख, नोबेल मेडिकल कलेज, विराटनगरसँग २४ लाख ४४ हजार, नेपाल मेडिकल कलेज (विराटनगर/काठमाडौँ) सँग १० लाख असुल गर्ने निर्णय भए छ ।

 

त्यस्तै किष्ट मेडिकल कलेज (ललितपुर) सँग १८ लाख, धुलिखेल अस्पताल (काभ्रे) सँग १७ लाख र मणिपाल कलेज (पोखरा) सँग १८ लाख, काठमाडौँ मेडिकल कलेज (काठमाडौँ) सँग १८ लाख, देवदह मेडिकल कलेज (देवदह) सँग ८ लाख र युनिभर्सल मेडिकल कलेज (भैरहवा) सँग ३० लाख असुल गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको हो । महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।