
काठमाडौं, ०४ असार । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा असार ३१ गते काठमाडौंमा बस्ने तय भएको छ भने सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको असार ३ गते बसेको सञ्चालक समिति बैठकले असार ३१ गते काठमाडौंको कालिकास्थित अमृत भोग क्याटरिङमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो।


सभामा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ।

त्यसैगरी, आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
कम्पनीले साधारण सभाबाट सञ्चालक समितिमा एकजना महिलासहित सात जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसमेत पारित गर्ने कार्यसूची तय गरेको छ।

सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असार १५ गतेसम्म कायम सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन तथा मतदान गर्न योग्य हुनेछन्।




